कोरिया सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयन नहुने
सरकारले दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने व्यवस्था स्थगित गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट वैदेशिक रोजगार विभागलाई पठाइएको पत्रअनुसार, बी-टु-बी माध्यममार्फत ई– ७ भिसामार्फत लागू गरिएको ‘गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ अब कार्यान्वयन नहुने भएको हो ।
यससम्बन्धी निर्देशन मन्त्रालयले २८ भदौ २०८२ मा वैदेशिक रोजगार विभागलाई दिएकाले विभागले ३१ भदौमा सूचना जारी गर्दै सबै सरोकारवालालाई जानकारी गराएको छ ।
विभागका अनुसार अब उक्त कार्यविधिअनुसार श्रमिक पठाउने प्रक्रिया अघि बढाइने छैन ।






