निष्ट कलेज बनेपाद्वारा इलाका प्रहरी तथा जिल्ला ट्राफिकलाई कम्प्युटर र प्रिन्टर सहयोग
बनेपा÷ गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण ईलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय बनेपाको सम्पूर्ण सामान नष्ट भएपछि प्रहरीको दैनिक कामकाज सहज बनाउन निष्ट कलेज बनेपाले कम्प्युटर र प्रिटर प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजले २ वटै कार्यालयलाई एक–एक सेट कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो । कलेजका अध्यक्ष माधब बराल र निर्देशक राजेन्द्र घिसिङ्गले कम्प्युटर र प्रिन्टर सेट ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रामेश्वर ट्वाटी र जिल्ला ट्राफिक कार्यलयका प्रमुख सुनिल धाँजुलाई प्रदान गरे ।
डिएसपी ट्वाटीले कलेज परिवारलाई धन्यवाद दिदै प्रहरी सेवामा यस सहयोगले ठूलो सहजता आउने विश्वास व्यक्त गरे । ट्राफिक प्रमुख सुनिल धाँजुले सबै समुदायको सहयोगले नै हामि नियमित काममा फर्किन सहज भएको बताए । सहयोगी हातहरुलाई धन्यबाद दिदै सबैको पहलमा ट्राफिक ब्यबस्थापनमा खटिने बताए ।
कलेजका निर्देशक राजेन्द्र घिसिङ्गले कलेजले विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दे आएको र यो विपतका समयमा थोरै भएपनि राहत पुगोग भन्ने उदेश्यले कम्प्युटर र प्रिन्टर प्रदान गरेको बताए । सहयोग हस्तान्तरणमा कलेजका सहायक क्याम्पस प्रमुख रजिब श्रेष्ठ, प्रशासन प्रमुख पुण्य कट्टेल लगाएतको उपस्थिती रहेको थियो ।






