रोटरी क्लव अफ काभ्रे बनेपाले वितरण गर्यो खाद्यान्न र लत्ताकपडा
बनेपा/ रोटरी क्लब अफ काभ्रे बनेपाले रोफेका मण्डली चर्चमा रहेका जेष्ठ नागरीकहरुलाई खाधान्न र लत्ता कपडा वितरण गरेको छ ।
क्लबकी अध्यक्ष सरिता शाक्यले रोटरी क्लबले उक्त चर्चमा रहेका जेष्ठ नागरीकहरुलाई खाधान्न र लत्ता कपडा वितरण गरिएको बताईन् । क्लबले विभिन्न स्थानमा गई सामाजिक कार्य अन्र्तगत सामानहरु वितरण गर्दे आएको शाक्यको भनाई रहेको थियो । चर्चका पाष्टर नारायण प्रधानले सहयोगी संस्थाहरुलाई धन्यबाद दिएका थिए । जेष्ठ नागरीकहरुको कोही पनि नहुँदा चर्चमा राखी संरक्षण गर्दे आएको प्रधानले बताए ।






