सुनको मूल्यमा आज सामान्य गिरावट
काठमाडौं / नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बिहीबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुवै बहुमूल्य धातुको मूल्य घट्दा उपभोक्तामाझ केही राहत महसुस भएको छ ।
महासंघले दिएको जानकारीअनुसार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाँले गिरावट आएको छ । बुधबार प्रतितोला २ हजार ५५० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार २ हजार ५२० रुपैयाँमा झरेको छ ।






