झलनाथ पत्नी चित्रकारले गुमाइन् हात, जेनजी आन्दोलनका १५३ घाइते अझै उपचाररत

गत २४ भदौमा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छिन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको बायाँ हात काटिएको अस्पताल स्रोतले बतायो । स्रोतका अनुसार, शल्यक्रियाका क्रममा उनको बायाँ हात काटिएको हो । पारिवारिक स्रोतले पनि उनको हात काट्न परेको जानकारी दिएको छ । उनलाई शल्यक्रियापछि अहिले वार्डमा सारिएको छ । यसैबिच जेनजी आन्दोलनमा घाइते भएका १५३ जना अझै उपचारमै रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनमा घाइते भएका १५३ जनाको २९ अस्पतालमा उपचार भइरहेको जनाएको हो ।