सभापति देउवाको टाउकोमा १२ टाँका

काठमाडौं / भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास बूढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणमा उनको टाउको पछाडि गहिरो चोट लागी १२ टाँका लगाएर सिलाउनुपरेको छ।

हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा बसेको बैठकले देउवा र आरजु राणामाथिको आक्रमण तथा आगजनीको कडा निन्दा गरेको छ। देउवा हिँडडुल र फोन गर्न सक्ने भए पनि अझै अस्पतालमै राखिएको र उपचार जारी रहेको जनाइएको छ।