संविधान दिवसः फरक—फरक दल, उस्तै–उस्तै कार्यक्रम

बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा रहेको प्रमुख दलहरुले संविधान दिवसमा अलग अलग तर उस्तै उस्तै कार्यक्रम आयोजना गरेका छन् ।


बनेपाको चारदोवाटो चोकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उस्तै उस्तै तर अलग अलग कार्यक्रमको आयोजना गरे । नेकपा एमालेका नेता गोकुल बास्कोटा, जिल्ला अध्यक्ष राजन भुर्तेलले सम्बोधन गरेको कार्यक्रम सचिव राजकुमार सापकोटाले संचालन गरेका थिए । सहभागिहरुले नेकपा एमाले विचार सहि रहेको र युवा पुस्ताले उठाएका मुद्दाहरु सम्बोधन गर्नु पर्ने बताए । आन्दोलनका नाममा मुलुक मच्चाईएको हिंसाको सत्यतथ्य छानविनका लागि सहभागिहरुले सरकारलाई अनुरोध गरे ।


सोहि स्थानमा नेकपा माओवादी केन्द्र र वाईसिएल नेपाल काभ्रैले कार्यक्रम आयोजना ग¥यो । नेकपा माओवादी केन्द्रका नेता सुर्यमान दोङ र जिल्ला संयोजक भोला अर्याल तथा वाईसिएल नेपालका नेताहरुले सम्बोधन गरे । सम्बोधनका क्रममा संविधान लेखन, गणतन्त्र स्थापना र त्यसको रक्षाका लागि सबै जुट्नु पर्ने नेताहरुले बताए ।
बनेपाको चार दोबाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेले जेनजीको आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा दिप प्रज्वलन ग¥यो । जिल्ला अध्यक्ष प्रविण ढकाल, नेता जिएन सापकोटा लगायतले उक्त कार्यक्रममा सम्बोधन गरेका थिए ।


नेपाली काँग्रेस काभ्रेले भने पार्टी कार्यालयमा अन्र्तक्रिया कार्यक्रम आयोजना ग¥यो । पार्टी सभापति तीर्थ लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्यहरु शिवप्रसाद हुमागाई, मधु आचार्य, गणेश लामा तथा जिल्ला र स्थानीय तहका नेता तथा कार्यकर्ताहरु सहभागि थिए ।

नेकपा एमाले धुलिखेल नगर कमिटीका अध्यक्ष विष्णु धितालले नगर कमिटीले रचनात्मक कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको बताए । धुलिखेलमा एमाले अध्यक्ष राजन भुर्तेल र नगर अध्यक्ष विष्णु धितालले परेवा उडाउँदै संविधान दिवस मनाएका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले पनि संविधान दिवसमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।