के भनेका थिए रविन्द्रले ?
ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका १७ सातदोबाटो स्थित खजुरी विस्कुट कम्पनीको मार्केटिङ्ग सुपर भाईजरमा काम गर्ने रविन्द्र २०६५ सालमा नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बजार प्रतिनिधिका रुपमा कार्यरत थिँए । एक वर्ष बजार प्रतिनिधि भई काम गरे पछि २०६६ सालमा भक्तपुरको कौशलटारमा विज्ञान राईले संचालन गरेको नागरिक विकास बचत तथा ऋण सहकारीमा काम गर्न थालें । त्यतिबेला नुनम सुब्बा त्यहाँ प्रवन्धक थिए । त्यहाँ पनि मार्केटिङ्ग सुपरभाईजरका रुपमा काम गरें । त्यहाँ कार्यरत रहँदा रहँदै २०६७ जेठ २८ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको र बनेपा नगरपालिकामा २०७० साल माघ २७ गते दर्ता भएको सहकारीलाई बुढानिलकण्ठ सहकारीका नामबाट अग्नी बनाउँदै संचालन गरिएको हो ।
शुरुमा मैले सहकारीको सचिव र प्रवन्ध संचालक भएर काम गरें । २०७७ साल देखि म अध्यक्षको रुपमा कार्यरत रहें । सहकारीको खातामा तीन मध्ये मेरो हस्ताक्षर अनिवार्य गराएँ । २०७७ सालमा अग्नी सहकारीमा ४५ करोड कुल पुँजी थियो । ४० करोड ऋण लगानी थियो । ३५ करोड मुद्दती सहित बचत थियो । संस्थाले १० करोड ऋण लिएको थियो । उजुरी गर्ने बखत २१ करोड ७० लाख ५३ हजार ९ सय २९ रुपैया फिर्ता दिनु पर्ने साँचो हो । २०८२ साउन २१ गते मलाई प्रहरीले पक्राउ गरेको थियो । नेफ्स्कनु र राष्ट्रिय सहकारी बैकबाट ऋण फिर्ता गर्नु पर्ने र बचतकर्ताहरुको रकम फिर्ता गर्नु पर्ने मेरो दायित्व थियो । मैले त्यसरी लिएको रकम जग्गा कारोवार गर्न, अन्य कम्पनी स्थापनाहरु गरी लगानी गर्न, शेयर खरिल विक्री गर्न प्रयोग गरें । संस्थाको पैसा जग्गामा लगानी हुँदा मेरो एकल निर्णय थियो । तर ब्यवस्थापक राहुल चौ प्रधानलाई सबै जानकारी गराउँथे । धुलिखेल ७ हुर्खा ७ बस्ने ४० बर्षिय सनिल लामालाई जग्गाको फिल्ड हेर्ने, जग्गा नामसारी गर्ने जिम्मेवारी दिएको थिएँ ।
नासिका साँगा गाविसका सुरज कार्की, बनेपा ८ का राहुल चौ प्रधानका नाममा रहेको खोपासीको जग्गा, विकास मानन्धरको नाममा रहेको बनेपा ६ को जग्गा, सुब्बा गाउँमा रोशन चौलागाई, पनौती १ मा राजकुमार थापा, पनौती ५ का रोजन थापाका नाममा रहेको विभिन्न कित्ता सहितको जग्गा नेफ्स्कुनमा धिता राखि २ करोड ९० लाख रुपैया ऋण लिएको थिएँ । नेफ्स्कुनबाटै बनेपा १० मा रहेको गंगालक्ष्मी महाजु बैख्द्य र सुजेन्द्र तौजलेको संयुक्त नाममा रहेको जग्गा राखी ५ करोड ऋण लिएँ । अनेकोट ८ मा श्रीराम अधिकारीको नामको जग्गा धितो राखी ४ करोड ऋण लिएँ । टुकुचा नाला ९ मा भोलानाथ पाण्डेको नामको जग्गा धितो राखी २ करोड, टुकुचा १ का रामु पाण्डेको नामको जग्गा धितो राखी ६ करोड ऋण लिएँ । त्यो बेला २० करोड मात्रै ऋण लिएको थिएँ ।
१ लाख ५ लाखसम्म १ सय जना, ५ लाख देखि १० लाखसम्म ५० जना, १० लाख देखि ५० लाखसम्म ४० जना, ५० लाख देखि १ करोडसम्म २० जना र १ करोड देखि ५ करोडसम्म १५ जना, ५ करोड देखि १० करोडसम्म १० जना जति ऋणी छन् । भोलानाथ पाण्डे र रामु पाण्डेका नाममा ६ करोड, श्रीराम अधिकारीको नाममा ४ करोड, सनिल लामाको नाममा १ करोड ५० लाख, राजुरत्न शाक्य र रत्नशोभा शाक्यका नाममा ७० लाख, हरिचन्द्र पाठकको नाममा ३८ लाख, कल्याणी पाण्डेका नाममा ४० लाख, प्रमोद सुब्बाको नाममा ५० लाख, कैलाश पलाञ्चोकेको नाममा २० लाख, नेत्रकुमारी राईका नाममा ३६ लाख, रामचन्द्र थापाका नाममा १ करोड ऋण छ । त्यस्तै हरिचन्द्र सुवेदीको नाममा १ करोड, निरोजकुमार श्रेष्ठका नाममा २५ लाख, अरविन कुमार श्रेष्ठका नाममा २५ लाख ऋण छ । ज्ञानु लामाको नाममा ५ करोड र रोशन लामाको नाममा ३ करोड लगानी गरेको छ । लोचन बस्नेतका नाममा २ करोड लगानी छ ।
सहकारीमा करिव एक हजार मात्रै शेयर सदस्य थिए । ८ सय बचतकर्ताहरु र ३ सय जति ऋणी छन् । केन्द्रिय सहकारी संघबाट पटक पटक गरी २५ करोड ऋण लिएकोमा १५ करोड फिर्ता गर्न बाँकी छ । राष्ट्रिय सहकारी बैकबाट १० करोड लिएकोमा ८ करोड जति फिर्ता गरेका थिए । एकमुष्ट २३ करोड जति फिर्ता गर्न बाँकी छ । मौज्दात २० करोड जति छ । ४८ करोड जति ऋण लगानी छ । लक्ष्मी सनराईज बैकबाट ६ करोड ऋण लिएको छु ।
काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका ८ मा अग्नी आईकोनिक प्राली, ग्राण्ड गुण्डुक रिर्साेट प्राली, गोल्डेन प्रोपोर्शन इन्भेष्टमेन्ट कम्पनी प्राली, मेल मि रेस्टुरेन्ट एण्ड बार, राधेराधे भक्तपुर समेतका प्राईभेट कम्पनीहरु दर्ता गरी विभिन्न स्थानमा पटक पटक गरी सहकारीको ३ करोड रकम अपचलन गरी लगानी गरेको छु । ग्राण्ड गुन्डुक रिसोर्ट प्राली कम्पनीका नाममा २०७६ असार ४ गते २५ करोड ऋण निकाल्दा लक्ष्मी सनराईज बैकका उपत्यका बाहिरका बागमती प्रदेशका प्रमुख उज्वल बैद्यले मिलाएका थिए । फेरी सहकारीबाट आफुुखुशी ४ करोड निकालेर धुलिखेलमा ७८ आना जग्गा अग्नी आईकोनिकका नाममा खरिद गरें । सोहि कम्पनीका नाममा ६ करोड ५० लाखको शेयर खरिद गरें ।
सुजेन्द्र तौजलेको सहकारीमा रहेको मुद्दती खातामा २०७८ चैत्र १ गते २ करोड ५० लाख, २०७९ मसिंर १७ गते १ करोड ५० लाख र दैनिक बचत खातामा २०७७ चैत्र २१ देखि हालसम्म ३५ लाख ४ हजार ६ सय ६२ रुपैया गरी एकमुष्ट ३ करोड ८५ लाख ४ हजार ६ सय ६२ रुपैयाका सम्वन्धमा उनै बैकका प्रमुख उज्वल बैद्यले उनको आमा र बाबु संचालक समितिका सदस्य दिनेश बैद्यको श्रीमती गंगालक्ष्मी महाजु बैद्य समेतको संयुक्त नाममा भएको बनेपा १० स्थित कित्ता नम्वर ७८ को १८४.९३ क्षेत्रफलको जग्गा २०७८ फागुन १६ गते नेफ्स्कुनमा धितो राखी ऋण निकाल्ने योजना बमोजिम २०७८ फागुन १६ गते निर्णय गरी ५ करोड ऋण निकालिएको हो । जसमध्ये २ करोड ५० लाख दरले ५ करोडको मुद्दती बनाई उक्त रकम पनि अग्नी सहकारीले चलाएको हो ।
उनै सुजेन्द्रले मेरो नाममा रहेको ललितपुर भैसेपाटीको ८ आना जग्गा र त्यसमा बनेको ४ आना भित्रको साढे २ तल्लाको घर बनेपा ७ बस्ने उज्वल बैद्यले सुजेन्द्र तौजलेको पाउनु पर्ने हिसाव जिम्मा लिने शर्तमा उज्वल बैद्यको श्रीमती रस्ना पोतेको नाममा २०८० बैशाख महिनामा पास गरेर लिएका थिए । सुजेन्द्र तौजलेले पाउनु पर्ने दायित्व उज्वल बैद्यको हो । सुजेन्द्रले मुद्दतीमा राखेको रकम फिर्ता नपाए पछि उज्वल, बैद्य, दिनेश बैद्य र सहकारीको अध्यक्षका नाताले मलाई समेत विपक्षी बनाएर जाहेरी दिएका रहेछन् । २ करोड ५० लाख रकम उज्वल बैद्यले सुजेन्द्रलाई दिन बाँकी छ । सुजेन्द्रले तौजलेको लक्ष्मी सनराईज बैकबाट विभिन्न प्रलोभनमा पारी १ करोड रकम सहकारीमा जम्मा गर्न लगाएर १ करोडको २४ प्रतिशत ब्याज पर्छ १८ प्रतिशत सुजेन्द्रलाई दिनु बाँकी ब्याज मलाई दिनु भनि उज्वल बैद्यले भने पछि त्यहि अनुसार २०७९ साल चैत्र महिनामा रकम जम्मा गरिएको थियो ।
सिन्धु बैकमा पनि एक करोड ऋण छ । केहि जग्गाहरु लिलामी भएका छन् । अध्यक्ष हरि बशिष्ठ भएका बखत १८ करोड ४१ लाख १२ हजार ३ सय २६ रुर्पैया अपचलन भएको रहेछ । त्यो उनको दायित्व हो मेरो होईन । ऋण लिनेहरु मध्ये धेरैले जग्गाको कारोवार गर्न लिएका हुन् । हाल सहकारीको ७० करोड ९५ लाख ६७ हजार ६७ रुपैया सहकारी ऐन विपरित अपचलन भएको देखिएको छ ।