पुर्व नगर प्रमुख भिम न्यौपानेको घरमा आगजनी गर्नेहरुको पहिचान खुल्यो
पनौती/भाद्र २४ गते आततायी घटनामा संलग्नहरुको पहिचान गरी कानूनी उपचारका लागि तथ्य र प्रमाणहरु संकलन गरी प्रहरी कार्यालयमा उजुरी गर्ने क्रम शुरु भएको छ । प्रहरीले पनि घटनामा संलग्नहरुको पहिचान गरी पक्राउ गर्न शुरु गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौती, बनेपा र धुलिखेलमा अपराधिक समुहको जत्थाले जेनजीका मागहरु पुरा गराउने नाममा ब्यक्तिका घरहरुमा आगजनी गर्ने, तोडफोड र लुटपाट गरेका थिए । केहि प्रत्यक्ष सहभागि थिए भने केहिले सामाजिक सञ्जाल मार्फत उक्साउने गतिविधि गरेका थिए । प्रहरीले पछिल्लो समय उक्साउने, योजना बनाउने र प्रत्यक्ष संलग्न हुनेहरुलाई पहिचानका आधारमा कारवाहीको तयारी गरेको छ । पनौतीमा नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्ष पुरुषोतम अधिकारी, पुुर्व नगर प्रमुख भिम न्यौपाने र छोरा दिपक न्यौपाने, क्याप्टेन रामेश्वर थापा र पुर्व सांसद तथा नेपाली काँग्रेसका नेता शिवप्रसाद हुमागाईको घरमा तोडफोड, लुटपाट र आगजनी समेत भएका छन् । धुलिखेलमा नगर प्रमुख अशोक ब्याञ्जुको घरमा आगजनी सहित लुटपाट भएको छ । सरकारी संरचना बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय जलेर पूर्ण रुपमा ध्वस्त भएका छन् । अन्य प्रहरी चौकी र नगरपालिका तथा वडा कार्यालयहरुमा समेत तोडफोड र लुटपाट गरिएको छ । कारागार कार्यालय भित्र आगो लगाईएको छ ।

पनौती ३ कुशादेवीमा रहेको पुर्व नगर प्रमुख भिम न्यौपानेको ढुंगा माटोले बनेको घर र छोरा दिपक न्यौपानेको घरमा आततायी समुहको जत्थाले तोडफोड, लुटपाट र आगजनी ग¥यो । न्यौपानेका घरमा जाने बाटो पुल नजिकै केहि समय त्यो जत्थालाई स्थानीयले रोक्ने प्रयत्न गरे । जब उनिहरुले हतियार सहित मिनि ट्रकमा थप जत्था मगाए तब स्थानीयको केहि सिप लागेन । अनि उत्रिए आक्रमण, तोडफोड र आगजनी गर्न । सोहि समुह क्याप्टेन रामेश्वर थापा, उपप्रमुख गिता बञ्जारा र वडा अध्यक्ष पुरुषोतम अधिकारीको घरमा पनि सहभागि थिए । माओवादी नेता आशिस घोरसाईने सहित नगर प्रमुख रामशरण भण्डारीको घरमा आक्रमणमा सहभागि थिए । रास्वपा नेता विवेक भट्टराई र सुर्दशन तिमिल्सना सहित शिव हुमागाईको सम्पत्ति तोडफोडमा सहभागि थिए ।
पुर्व नगर प्रमुख भिम न्यौपाने र छोरा दिपक न्यौपानेको घरमा आगजनी गर्न स्वरुप तिमल्सिना, पनौती खरिबोट, सुबास हुमागाई, चाम्ले कुशादेवी, अजय खत्री, पनौती, प्रशान्त वाईवा, सुशान्त हुमागाई, सिजन सापकोटा, रयाले (शिक्षक), कर्मेश सुन्दास कुशादेवी, पनौती, आशिस घोरसाईनेले नगर प्रमुख रामशरण भण्डारीको घरमा आक्रमण् गरे । उनि माओवादी नेता हुन् । रवि धुसा, पनौती, राहुल न्यौपाने, पनौती ३ ओढारे, पुस्कर सापकोटा, जडिन, पनौती, सुमन केसी, पनौती, सुनिल घिमिरे, घिमिरे गाउँ, पनौती ३, सुनिल क्षेत्री, घिमिरे गाउँ, पनौती ३, शुक्रराज लामा, ठाडे, पनौती २, राज सापकोटा पनौती ३ टार, दिप्सन कुँवर, वडा नम्वर ३ थापागाउँ, अमित तामाङ, पनौती १, सन्तोष सापकोटा, पनौती, वाङ्गेल लामा, पनौती वडा नम्वर ३ फापरचौरका सहभागि थिए । अन्यको पनि पहिचान र तथ्यहरु खुलिहरेका छन् ।
स्वदेशमा तथा विदेशमा बसेर स्थानीयहरुले पनि पुर्व नगर प्रमुख भिम न्यौपाने लगायतका नेताहरुको घरमा आगजनी र तोडफोड गर्न उकासिरहेका छन् ।





