जेलबाट भागेका कैदीले पनौती–१२ कलाँतीमा गरे श्रीमतीको हत्या
पनौती/जेल छाडेर भागेका कैदीले आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन् । पनौती १२ कलाँती स्थित घरको पछाडी करेसामा गाडिएको अवस्थामा श्रीमतीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
तीन दिन देखि हराएकी ३१ बर्षिया जमुनाको खोजतलास गर्ने क्रममा घर पछाडी करेसामा गाडिएको अवस्थामा फेला परेको स्थानीयले जानकारी दिएका छन् । ३६ बर्षिया श्रीमान सन्तबहादुर तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भागेकै दिन नख्खु कारागारबाट फरार भएर घर आएका थिए । प्रहरीले खोजतलास गरिरहेको भए पनि उनि लुकेर बसिरहेका थिए । जर्बजस्तिकरणी उद्योगमा ३ वर्षे कैद सजायँ भुक्तान गरिरहेका तामाङको कैद अवधी एक महिना मात्रै बाँकी थियो ।
श्रीमती जमुनासँग केहि दिन देखि झगडा गर्दै आएका सन्तबहादुरले हत्या पछि फरार भएको स्थानीयले बताए । मृतकका ११ बर्षिय छोरा र ३ बर्षिय छोरी छन् । प्रहरी घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान जारी छ ।






