शुलभ साकोसको १५ औं वार्षिक साधारण सभा

बनेपा/ शुलभ बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारण संस्थाका अध्यक्ष विक्रम भैलको अध्यक्षतामा सम्पन्न भएको छ ।

भैलले संस्थाले विषम परिस्थीतिमा समेत सदस्यहरुलाई सहज रुपमा सेवा प्रदान गरेको बताए । संस्था सहकारीको निति नियम र ऐन भित्र रहि सञ्चालन भएकाले संस्था सहज ढंगले सञ्चालन भएको बताए । संस्थाले सदस्य मुखी भई निरन्तर कार्य गर्दे अगाडी बढेको भैलले बताए ।

सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिबेदन संस्थाका सचिब होम प्रसाद तिमल्सिनाले आर्थिक प्रतिबेदन कोषाध्यक्ष दमनकुमार श्रेष्ठले र लेखा प्रतिबेदन संयोजक आरती श्रेष्ठले सभामा प्रस्तुत गरेका थिए ।

संस्थाको कुल शेयर पुंजी ५ करोड १४ लाख, बचत ५१ करोड ८० लाख, ऋण लगानी ५८ करोड ८५ लाख, जगेडा कोष ५ करोड ४८ लाख, खुद नाफा ६५ लाख ६८ हजार रहेको जनाएको छ । संस्थाले विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक कार्यहरु गर्दे आएको प्रवन्धक रमेश श्रेष्ठले बताए ।