इलाका प्रहरी कार्यालय बनेपालाई बुडोल सामुदायिक साकोसले गर्‍यो कम्प्युटर र प्रिन्टर सहयोग

काठमाडौं/२०८२ असोज ५ गते, समुदायप्रतिको उत्तरदायित्व वहन गर्ने क्रममा यस संस्थाले बनेपा इलाका प्रहरी कार्यालयलाई चौरानब्बे हजार पाँचसय मूल्य बराबरको कम्प्युटर १ सेट र प्रिन्टर १ थान हस्तान्तरण गरेको छ ।

२०८२ भदौ २३ र २४ गते जेन्जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा भएको आगजनीमा परी प्रहरी कार्यालय पूर्ण रुपमा जलेको थियो । जनताको जीउधनको सुरक्षा प्रदान गर्ने निकायलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले सहयोग उपलब्ध गराएको हो ।

संस्थाका अध्यक्ष श्री कैलाश के.सी.को नेतृत्वमा सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको समेत उपस्थितिमा इलाका प्रहरी कार्यालयका प्रतिनिधिलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।