अन्तरिम सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं/ अन्तरिम सरकारका नवनियुक्त थप ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु अनिल कुमार सिन्हा, जगदीश खरेल, महावीर पुन र मदन परियारलाई शपथ गराएका हुन्।

राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाई साेमबार नियुक्त गरेका हुन्।