प्रमुख १० शहरमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध हुनेछः सञ्चारमन्त्री
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।
पदभार गर्ने क्रममा मन्त्री खरेलले पहिलो निर्णय सुनाउँदै यस्तो निर्णय गरेका हुन् । उनले सार्वजनिक स्थलमा इन्टरनेटको आवश्यक रहेकाले निस्शुल्क इन्टनेट हुनुपर्ने बताए ।






