नमोवुद्ध नगरपालिकाका पुर्व नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
नमोवुद्ध नगरपालिकाका पुर्व नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको निधन भएको छ । गत साउन १० गते सवारी दुर्घटनामा गम्भीर घाइते हुनुभएका तिमल्सिनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज विहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय तिमल्सिनाको दाहसंस्कार भकुण्डेबेशीमा गरिनेछ । त्यसअघि शर्माको पार्थिव शरिरलाई दिउसो १२:३० देखि १:३० बजेसम्म नगरपालिका प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।
पुर्व नगर प्रमुख तिमल्सिना स्कुटर दुर्घटनामा घाइते भएका थिए । नार्के बाट काठमाण्डौ तर्फ जादै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले बिपरित दिशा बाट आउदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नं. को स्कुरटलाई ठक्कर दिएको थियो । दुर्घटनामा बा.प्र. ०३-०२-००७ प ८८०० नं. को स्कुटर चालक नमोबुद्ध २ वस्ने किशोर तिमल्सिना सामान्य घाईते भएका थिए । स्कुटरमा पछाडि सवार उनका बुबा ६९ वर्षीय टिपी शर्मा तिमल्सिना गम्भिर घाईते भएका थिए ।






