आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै
काठमाडौं/ कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो । सबै विषयको परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।






