राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

 काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीति, २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।