कैदी सन्तबहादुर श्रीमती गाडेर सुटुक्क किन गए ‘नख्खु’ ?

पनौती/देशभर कारागार तोडफोड गर्ने, जलाउने र कैद भुक्तान गरिरहेका कैदीहरुलाई भगाउने अभियान राजधानीबाट शुरु भयो । त्यसको मुख्य योजना थियो रवि लामिछानेलाई जेल मुक्त गर्नु । रास्वपाका कार्यकर्ताहरुले दिउसै देखि लेखेका थिए नेपालकै इतिहासमा नागरिकहरुद्वारा जेल मुक्त गरिएका एक मात्र ब्यक्ति रवि हुन् । जाँउ, जाँउ जेल तोडफोड गर्न जाँउ । निकालौ रवि दाईलाई । 
हो त्यसकै सिको गरे देशभरका कारागारका कैदीहरुले । विजयी भए झै ¥याली निकालेर जेलबाट निस्किएका रवि लामिछाने निस्कन मिल्ने हामी किन नमिल्ने ? कैदीहरुले घोषणा नै गरेर जेलबाट भागे । दशौ हजार भागेका कैदीहरु मध्ये केहि बाहेक अझै बाहिर नै छन् । समाजमा अपराधका घटना बृद्धी गराउने तथा अपराध गराउनेमा कैदीहरु फेरी सक्रिय हुने हुन् कि भन्ने चिन्तालाई काभ्रे पनौती १२ मा एक कैदीले पुष्टी गराएका छन् । जर्बजस्तिकरणी अभियोगमा जेल सजायँ भुक्तान गरिरहेका ३६ बर्षिय श्रीमान सन्तबहादुर तामाङ रवि लामिछाने जेलबाट निस्किए लगत्तै त्यहि कारागारबाट भागे । घर आए । चुपचाप बसे । कारागार प्रशासनले जेल फर्किन आब्हान ग¥यो उनि गएनन् । घरमा ११ बर्षका छोरा र ३ बषर््िाया छोरी, आमा र श्रीमती थिए । 
श्रीमान नभएका बखत प्रविधिको प्रयोग गर्दै श्रीमती जमुना कहिलेकाँहि म्यासेन्जर तथा भाईबर प्रयोग गरेर अन्य पुरुषहरुसँग कुराकानी गर्थिन । त्यो कुरा उनका छोरालाई पनि जानकारी थियो । बाबु घरमा आएर बसिरहेको र आमाको मोवाईलमा तिनै ब्यक्तिहरुले फोन गरिरहेको अवस्थामा त्यस अघि उनले थाहा पाएका सबै कुरा बाबु सन्तबहादुरलाई सुनाएका थिए । सन्तबहादुर रिसले आगो भएका थिए । केहि दिन देखि उनिहरु बीच त्यहि कुराले मनमुटाव थियो । आमा यो घटनाबाट बेखवर थिईन् । सन्तबहादुर जेलबाट आएको दुई दिन जमुना उनिसँगै सुतिन् । भुकम्प पछि निर्माण गरिएको सानो घर थियो । तेश्रो दिन देखि जमुना सन्तबहादुरसँग गईनन् । त्यहाँ उनले शंका ब्यक्त गरे । दुई दिनसम्म बुढाबुढीले टिकटक समेत बनाएका थिए । 
२०८२ असोज ३ गते. । सन्तबहादुरले जमुनालाई आफुसँगै अलग्गै घरमा सुत्न जाने अनुरोध गरे । उनले मानिनन् । राति दुबै जनाले मादक पदार्थ अत्याधिक सेवन गरेका थिए । उनले जर्बजस्ति कोठामा तानेर लगे । दुबै जना कोठामा गएका बखत विदेशबाट एकजना पुरुषको फोन जमुनको म्यासेन्जरमा आयो । श्रीमतीको मोवाईलमा पटक पटक आएको फोनले सन्तबहादुरलाई सहि नसक्नु भयो । त्यस अघि छोरा र आमाले पनि जमुनाका बारेमा केहि कुरा सुनाएका थिए । श्रीमती जमुनालाई मुखमा अनुहार नै कुच्चिने गरी सन्तबहादुरले प्रहार गरे । उनी प्रतिवाद गर्दै थिईन । पछाडीबाट टाउकोमा केहि बजारे । जमुना ऐया भन्दै त्यहि ढलिन । भोलिपल्ट बिहान असोज ४ गते जमुनालाई काँधमा बोकेर घर नजिकैको पछाडी करेसामा खाडल खनेर पुरि दिए । विहानको समयमा उनि नख्खु फर्किए । आमा र बच्चाहरुलाई चाँहि सन्तबहादुरले भने कि भनेनन् ? प्रहरी अनुसन्धानमा नै सक्रिय छ । सन्तबहादुर नख्खुमा छन् । उनकी आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जमुना र सन्तबहादुरका दुई बच्चा भाईको संरक्षणमा छन् । 
सन्तबहादुर नख्खुमा असोज ४ गते विहान ९ बजे नै पुगे । यता विहान देखि नै जमुना घरमा नभएको कुरा थाहा भयो । कतै गए होला भन्ने सोचेर आमाले धन्दा गरिन् । दुबै जना नभए पछि कतै न कतै गएका होला भन्ने भयो । छोरा छोरी दुबैले बाबा आमा खोजे फेला पारेनन् । त्यतिकैमा असोज ६ गते दिउँसो स्थानीयहरुको समेत सहायतामा जमुनालाई घर नजिकैको करेसामा खाडल खनेर गाडेको फेला प¥यो । सन्तबहादुरलाई खोज्ने क्रममा प्रहरीले साँझ थाहा पायो उनि नख्खु हाजिर भइसकेका रहेछन् । श्रीमती मारेर उता चुपचाप बसिरहेका उनी त्यो हत्या अरु कसैले गरेको भन्ने बनाउन चाहन्थे । तर उनले हत्या स्विकारिसकेका छन् । जमुनाको असोज ७ गते पोस्टमार्टम पछि अन्त्येष्टी गरिएको छ । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ । उनको शव पोस्टमार्टमा लागि धुलिखेल अस्पताल ल्याईएको थियो । प्रहरी निरिक्षक हरेराम नेपालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । सन्तबहादुर जर्बजस्ति करणी उद्योगमा साढे ३ वर्षको सजायँ भोगिरहेका थिए । कैद सजायँ भुक्तान गर्न ३ महिना बाँकी रहेको उनले बताएका थिए ।