चण्डेश्वरी साकोसको ३३ औँ साधारण सभा सम्पन्न, १० प्रतिशत लाभास वितरण
साधारण सभामा संस्थामा आबद्ध सदस्य तथा बाल सदस्यहरुले एस.ई.ई. २०८१ मा सहभागी भई उत्तिर्ण भएका ३३ जना छात्र छात्राहरुलाई सम्मान गरिएको थियो भने ति मध्ये ५ जनालाई ज्योती प्रकाश सैँजु स्मृष्टि छात्रबृत्ति प्रदान गरिएको थियो । संस्थामा उत्कृष्ट बित्तिय कारोबार गर्ने उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई बिभिन्न बिधाहरुमा सम्मान गरिएको थियो । आ.व. २०८१/०८२ मा उत्कृष्ट कार्य संपादनको आधारमा कनिष्ठ कार्यालय सहायक राजेन्द श्रेष्ठ उत्कृष्ट कर्मचारी बिधा बाट सम्मनीत गरिएको थियो । साधारण सभाको अवसरमा सि डब्लु सि पोलिक्लिनिकको प्राविधिक सहयोगमा उपस्थीत सदस्यहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको थियो । शिविरमा हाड, जोर्नी तथा नशा सम्बन्धि, फिजियोथेरापी सम्बन्धि बिशेषज्ञ डाक्टरको उपस्थीतिमा १ सय ९० जनाले जाँच गराई आवश्यक परामर्श तथा औषधि बितरण गरिएको थियो ।





