प्रत्यक्ष राष्ट्रपति चुन्ने सपना देखेकाहरूलाई चुनावमा भाग लिन मन्त्री पुनको आह्वान

काठमाडौं/शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था चाहने नेपालीहरूलाई संगठित रूपमा चुनावमा भाग लिन आह्वान गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत मन्तव्य जारी गर्दै उनले पुराना नेताहरूलाई विस्थापित गरेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव नहुने बताए।

“भ्रष्टाचारलाई कम गरेर सुशासन दिने, नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाउने, विदेशी चलखेललाई रोक्ने र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था ल्याउने सपना देख्ने सम्पूर्ण नेपालीहरू योग्य र दृढ संकल्प भएका युवा जनप्रतिनिधि रोज्न संगठित भइ चुनावमा सहभागी होऊ,” मन्त्री पुनले लेखेका छन्।

हालैको जेनजी आन्दोलनको मागहरूमध्ये प्रत्यक्ष रूपमा चुनिएको सरकार प्रमुख चाहिने कुरा पनि रहेको छ।