देशको पक्षमा बोल्यो भने झोलेको आरोप लगाइन्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका पक्षमा बोल्नेलाई झोले आरोप लाग्ने गरेको दाबी गरेका छन्। आज भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा स‌ंघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारका झुट भ्रमहरु फैलाइएको छ। कसैले देशका पक्षमा बोल्यो कि झोले भनेर ट्रेन्ड चलाइदिने गरिएको छ। कसैले देशको पक्षमा बोल्यो भने झोलेको आरोप लगाइन्छ।’