ओलीले गुण्डुमै बोलाए एमाले सचिवालय बैठक, बैठक भोलि बस्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन् । भोलि दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो ।
पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बोलाइएको जनाइएको छ ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
गत २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो ।
अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पनि आगजनी भएपछि उनी अहिले गुण्डुमा बस्दै आएका छन् ।





