धुलिखेलमा पर्यटकिय आर्कषण, पर्यटन पूर्वाधार, नीति, सम्भावना तथा चुनौतीहरु

राजधानी काठमाडौ देखि ३० कि.मि. दुरीमा रहेको धुलिखेल नगरपालिका पर्यटन क्षेत्रमा सम्भावना नै सम्भावना भएको शहरका रुपमा विकसित हुँदै गएको छ । ५४.६२ वर्ग कि.मि. क्षेत्रफल रहेको धुलिखेल नगरपालिकाको कुल जनसंख्या ३३ हजार ७ सय २६ रहेको छ । जसमा पुरुष १६ हजार ४ सय ६२ (४८.८१%) र महिला १७ हजार २ सय ६४ (५१.१९%) रहेका छन् । कुल घरधुरी ८ हजार ५ सय ७० घर धुरी रहेको धुलिखेलमा ९८ प्रतिशत घरमा एक घर एक धारा पुगिसकेको छ । वन क्षेत्रफल ८.५३ वर्ग कि.मि. रहेको धुलिखेलले दिगो विकास लक्ष्य (SDGs) २०३० मा पुग्ने रणनीतिक योजनाका साथ कार्य गरिरहेको छ । त्यस मध्येको पर्यटन क्षेत्र पनि एक हो । यहाँ धुलिखेल नगरपालिका भित्र प्रमुख पर्यटकीय क्षेत्र, त्यसको आर्कषण, नगरपालिकाले लिएको नीति, सम्भावना र अवसर तथा चुनौतीका बारेमा ब्याख्या गरिएको छ । 
धुलिखेलका प्रमुख पर्यटक आकर्षणहरु 
पार्कहरुको शहर: करीब  ५५ पार्कहरू ।  धुलिखेलमा देवीस्थान पार्क, धुलिखेल मनोरञ्जन पार्क, सरस्वती पोखरी तथा बाघपार्क, मदन भण्डारी सालिक तथा पार्क, हजार सिँढी, बुद्ध स्तुपा हुँदै देविस्थान पदमार्ग, पृथ्वी नारायण शाह, बलभद्र कुँवर र वि पि कोइरालाको शालिक तथा पार्क लगायतका ५५ वटा पार्क १२ वटै वडामा निर्माण भएका छन् । 
साहसिक पर्यटन: जिपलाइन, प्याराग्लाइडिङ, बाइक रेसिङ । 
मनमोहक झरनाहरू: छाँगे झरना, कपिलेश्वर झरना । 
ऐतिहासिक र धार्मिक मन्दिरहरू: कालिदेवी, हरिसिद्धि, देवीस्थान, शंखेश्वरी, नारायणस्थान, भैरवस्थान, गौखुरेश्वर मन्दिर । 
अरनिको र विपि राजमार्गको संगमस्थल: धुलिखेल । 
ट्रेकिङ रुटहरू:धुलिखेल–नगरकोट र धुलिखेल–नमोबुद्ध । 
हिमश्रृंखलाको मनोरम दृश्यावलोकन, वनजङ्गल तथा हरियालीयुक्त प्राकृतिक सुन्दरताले भरिपूर्ण, सफल व्यापारिक पहिचान बोकेको शहर (नेपालको कुनैपनि शहर छैन जहाँ धुलिखेलेको पसल नहोस), नेपालको पहिलो र एसियाको दोस्रो शहरको रुपमा डब्लुएचओबाट स्वस्थ शहर घोषणा । 
धुलिखेलका पर्यटन पूर्वाधार
– नगरका महत्वपूर्ण सम्पदाहरू चिनाउने पर्यटन सूचना बोर्ड स्थापना ।
सुविधा सम्पन्न होटलहरूको उपलब्धताः
– क वर्ग – ५ वटा 
– ख वर्ग – ९ वटा 
– ग वर्ग – १४ वटा 
– घ वर्ग – ६१ वटा 
कुल:  ८९ होटल 
-होमस्टेहरू
नेपालमै पहिलो पटक Street Addressing सहितको House numbering System (Navigation based house Numbering system) सबै वडामा लागू गरिएको ।
गणेश पाटी, भीमसेन पाटी, इँटे पाटी, लामपाटि लगायतका ऐतिहासिक महत्वका पाटीहरू निर्माण ।
अपाङ्ग मैत्री ट्रेल निर्माणको थालनी । 
प्रमुख संस्था: काठमाण्डौं विश्वविद्यालय, धुलिखेल अस्पताल । 
६ वटा खेलमैदान, ६ स्थानलाई हेलिप्याडको रूपमा प्रयोग गर्न सकिने सम्भावना । 
नवदुर्गा जात्रा, गाइ जात्रा, विष्केट जात्रा, हिले जात्रा, १२ वर्षे हरिसिद्धि मेला जस्ता जात्रा पर्वहरु
प्रत्येक वडा र टोलसम्म सडक सञ्जालहरु विस्तार ।
पर्यटन पूर्वाधार सम्बन्धी नगरपालिकाले लिएका नीतिहरु
सूर्योदय पार्कबाट दारिमकोट डाँडासम्म न्ीब्क्क् द्यच्क्ष्म्न्भ् राख्न संभाव्यता अध्ययन  गर्ने ।
नगरको साँस्कृतिक सम्पदाहरुको संरक्षण गर्न भाषा, कला, जात्रा, पर्वको संरक्षण व्यवस्थापन कार्यलाई प्राथमिकता दिने ।
देवीस्थान जङ्गलमा वन्यजन्तु संरक्षण केन्द्र स्थापना गर्न पहल गर्ने ।
होमस्टेहरुलाइ प्रवर्धन गर्न नगरपालिकाको तर्फबाट प्रविधि, स्रोत साधन र सीपको हस्तान्तरण गर्ने । 
होमस्टे क्षेत्रहरुमा जैविक खेती, परम्परागत पशुपालन, मत्स्य तथा मौरीपालन जस्ता व्यवसायहरुको प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरी मौलिक पहिचान दिने ।
धुलिखेललाई क्mबचत ऋष्तथ को रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने छ । 
नगर क्षेत्र भित्र रहेका सबै झर्ना, पोखरी, गुफा, ऐतिहासिक तथा धार्मिक महत्त्वका स्थलहरु मठ, मन्दिर, गुम्वा, चर्च, मस्जिद, पाटी, पौवा, छोर्देन  लागायतका संरचनाहरुको पहिचान गरी उक्त स्थलहरुको आवश्यक पूर्वाधारहरुको विकास गरिनेछ ।
निजी क्षेत्रका पर्यटन उद्योगीहरुलाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरुको सहज उपलब्धताका लागि नीतिगत सहजीकरण गरिनेछ ।
धुलिखेलमा आउने पर्यटकहरुको बसाई दिन लम्ब्याउन पर्यटन व्यवसायीहरुको सहकार्यमा न्यूनतम ३ दिनको पर्यटन बसाइको भ्रमण प्याकेज निर्धारण गरी कार्यान्वयनमा ल्याउने ।
धुलिखेललाई पर्यटकीय आकर्षण बढाउन विभिन्न समयमा फुड फेस्टिभल तथा साँस्कृतिक महोत्सव आयोजना गर्ने ।
पर्यटन सम्बन्धी निर्माण भइसकेका पूर्वाधारहरुको संरक्षण तथा सम्वर्धनको लागि आवश्यक वजेट व्यवस्थापन गर्ने ।
धुलिखेल नगरपालिका। पर्यटन वोर्ड र होटल एसोसिएसनसँगको साझेदारीमा सञ्चालन हुन लागेका कार्यहरुः
नेपाल पर्यटन वोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा दिगो विकास परियोजना (STP– Sustainable Tourim Project) अन्तर्गत अपाङ्गता मैत्री पदयात्रा Accessible Trail  निर्माणको सम्झौता भएको । 
पर्यटन वोर्ड ३० लाख नगरपालिका ३० लाख र धुलिखेल होटल व्यवसायीहरुको तर्फबाट ३ लाखको साझेदारी रहने
अपाङ्गतामैत्री पदमार्ग निर्माण तथा स्तरोन्नती
पदमार्गमा पैदलयात्रीलाई विश्रामस्थल
अपाङ्गतामैत्री साइनवोर्ड तथा पर्यटकीय संकेत चिन्ह जडान
फोहोर संकलनको साधनको व्यवस्था
अपाङ्गतामैत्री शौचालय निर्माण    
हस्पिटालिटी व्यवसायः होटल, रिसोर्ट र होमस्टे विस्तार हुँदै, रोजगारी र आर्थिक वृद्धिमा योगदान ।
आध्यात्मिक पर्यटनः ध्यान, योग, धार्मिक स्थल दर्शन गरी मानसिक शान्ति प्राप्त गर्ने सम्भावना ।
पहुँचयुक्त ट्रेलहरूको नक्साङ्कन र निर्माण गरी अपांगता भएका, वृद्ध तथा बालमैत्री पर्यटकहरूको समेत पहुँच सुनिश्चित गर्न सकिने सम्भावना छ, जसले समावेशी पर्यटनलाई थप प्रवद्र्धन गर्नेछ ।
पर्यटकिय सम्भावनाहरू
प्राकृतिक सौन्दर्य: हिमश्रृंखला, हरियाली पहाड र शान्त वातावरण, सूर्योदय र सूर्यास्त अवलोकनको लागि धुलिखेल उत्कृष्ट गन्तव्य ।
सांस्कृतिक तथा धार्मिक स्थलहरूः धुलिखेल, नमोबुद्ध, पनौती, शान्तिवन, हजार सिँढी, बनेपा, महादेव गंगा र पुराना मन्दिरहरूले सांस्कृतिक र धार्मिक पर्यटन प्रवद्र्धन ।
साहसिक पर्यटन(ब्मखभलतगचभ त्यगचष्कm): हाइकिङ, ट्रेकिङ, साइकलिङ।
शिक्षा तथा स्वास्थ्य पर्यटनः काठमाण्डौं विश्वविद्यालय र धुलिखेल अस्पतालमा अध्ययन वा उपचारका लागि आउने विदेशी पर्यटक ।
हस्पिटालिटी व्यवसाय: होटल, रिसोर्ट र होमस्टे विस्तार हुँदै, रोजगारी र आर्थिक वृद्धिमा योगदान ।
आध्यात्मिक पर्यटन: ध्यान, योग, धार्मिक स्थल दर्शन गरी मानसिक शान्ति प्राप्त गर्ने सम्भावना ।
पहुँचयुक्त ट्रेलहरूको नक्साङ्कन र निर्माण गरी अपांगता भएका, वृद्ध तथा बालमैत्री पर्यटकहरूको समेत पहुँच सुनिश्चित गर्न सकिने सम्भावना छ, जसले समावेशी पर्यटनलाई थप प्रवद्र्धन गर्नेछ ।
पर्यटकिय चुनौतीहरू
पूर्वाधारको अपर्याप्तताः सडक, शौचालय, पार्किङ, ट्राफिक व्यवस्थापन र यातायात सुविधाको सीमितता छ ।
प्रवद्र्धनात्मक कार्यक्रमको अभावः स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार पर्याप्त मात्रामा गर्न सकिएको छैन ।
फोहोर व्यवस्थापन चुनौतीः पर्यटक चापसँगै फोहोर व्यवस्थापन कठिन, जसले वातावरणमा असर गर्नेसक्ने खतरा ।
स्थानीयको न्यून सहभागिताः होमस्टे, गाइड सेवा, हस्तकलामा पर्याप्त स्थानीय सहभागिता नहुनु ।
प्राकृतिक विपद् जोखिमः पहिरो, भूक्षयजस्ता कारणले पूर्वाधारलाई क्षति पुग्ने गरेको।
छोटो बसाई: पर्यटकहरू प्रायः एक दिनभन्दा बढी  बसाउनको लागि आवश्यक पूर्वाधार विकास गर्न नसकिएको ।
निष्कर्ष
धुलिखेल अपार पर्यटन सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रको दिगो पर्यटन विकासका लागि ः पूर्वाधार सुदृढीकरण जोड दिने, स्थानीयको सक्रिय सहभागिता बढाउने, वातावरण संरक्षणका कार्यहरु सञ्चालन गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार  गर्न आवश्यक रहेको छ । स्थानीय तहहरु, व्यवसायीहरु र समुदायबीच सहकार्य गरेर धुलिखेललाई नेपालको प्रमुख पर्यटन गन्तव्य बनाउन सकिन्छ । (लेखक धुलिखेल नगरपालिकाको प्रमुख, नीति योजना तथा अनुगमन शाखामा कार्यरत हुनुहुन्छ ।