देउवा देश छोडेर भाग्नुपर्ने अपराधी होइनः प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसीहरू एकजुट भएर केन्द्रीय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताएका छन्।

आज आइतबार पत्रकार भेटघाटका क्रममा बोल्दै उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्तामा अन्योलता सिजैना गरिएको भन्दै उनले यसबारे केन्द्रीय समितिबाट स्पष्ट पार्नुपर्ने बताएका हुन्।

अधिवेशन प्रक्रियालाई पनि चाँडोभन्दा चाँडो केन्द्रीय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने उनको भनाइ छ। पार्टी सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै उनी देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताए।

पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उनले सांघातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको बताए। देउवा देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको उनको भनाइ छ।