गुण्डुमा सवा २ बजे सुरु भएको एमाले सचिवालय बैठक अझै सकिएन
नेकपा एमालेको सचिवालय बैठक चार घण्टादेखि जारी छ । जेनजीको आन्दोलनपछि एमालेको सचिवालय बैठक पहिलो पटक बसेको हो ।
अध्यक्ष केपी शर्मा ओली हाल बसोबास गर्दै आएको भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक दिउँसो सवा २ बजे सुरु भएको थियो ।
जेनजीले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए । प्रतिनिधिसभाबाट अर्को सरकार बन्न सक्ने अवस्था नरहेको भनेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर अगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकेका छन् । यो पृष्ठभूमिमा एमालेको सचिवालयउ बैठक बसेको हो ।
एमालेका कतिपय नेताहरूले ठूला दलका शीर्ष नेताहरूले मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै आएका छन् ।






