भुराजनितिक टाइफुन

एउटा बिस्वप्रशिद्द भनाइ छ जसरि आकाशमा दुइ सुर्य हुदैनन त्यसरिनै धर्तिमा दुइ राजा हुदैनन।यहीँबाट सुरु हुन्छ बिस्व आधिपत्य वा प्रभुत्व को भुराजनितिक संघर्ष ।अनि बिखन्डन हुदै ध्रुवीकरणले जन्माउछ्न भुराजनितिक टाइफुन र झिना दियोहरु निभ्छ्न। साढे जुध्छ्न बाछा मिच्छ्न।

अफिम युद्ध,मन्चु बिद्रोह ,ताइपिङ बिद्रोह ,बक्सर बिद्रोह,चार मै को जनवादी क्रान्ति सम्म आइपुग्दा लगभग जपानले चिन लाइ दशौ पटक सम्म हराइसकेको घटना पछि माओत्सेतुङको गृहयुद्धले जपानलाइ चिनबाट भगाएको ७०औं बर्षको सफलताको एससिआइ उत्सबमा निक्कै ठुलो रहस्य लुकेको थियो।चिनले ताइवान हान्दैथियो।ताइवानको रक्षक जापान हो र जापानको रक्षक अमेरिका।एससिआइ उत्सबमा चिनको प्रस्तुति जापान लाइ हामि जित्छौ भन्ने खुल्ला उत्सब थियो ।जापान लाइ जित्नु अमेरिका लाइ जित्नु भनेको हो ।जापानलाइ चारैतिरबाट घेर्ने रणनीतिक देशहरूको भेलामा नेपालको उपस्थिति अमेरिकाको टाउको दुखाइ स्वभाबिक थियो। केपि शर्मा ओलि ले चिन पुगेरै लिपुलेकको ब्यापारीक सडकमा आपत्ति जनाए पछि भारत चिढिनु अनि नेपाल फिर्ति सङ्गै मेटा कम्पनि सहित सबै अमेरिकी सामाजिक संजाल बन्द हुनुनै राजनीति सत्ता महङ्गो हुन पुग्यो।भारत र अमेरिका दुबै एकैपटक बिछ्ट्ट हुने परिस्थितिको निर्माण भयो।कहा पाउला निहुँ आँखा घोचि बनिगो। लगभग मंसिर भित्रै उथलपुथल ल्याउने योजना बद्द रणनीति बदलिएर भदौ तेइस मै जेन जेड को ढाडमा टेकेर अप्रत्याशित घटना घटाउन पुग्यो।घटना घटेको केहिछिनमै छर्लङ्ग साम्राज्यवाद र बिस्तारवादको नाङ्गो चरित्र देखिसकेको थियो।किनभने २००७ सालको आन्दोलन देखिनै सबै आन्दोलन नेपालिको बल र बुतामा थिएन सबै अन्तर्राष्ट्रिय चलखेलले घटेको घटनाको सुस्म अध्ययनले पुस्टि थियो ।हामिले सामाजिक संजाल बाट घुसपैठ भयो भनेर तर्क पेश गरे लगतै धेरैमा यो अपाच्य भयो ।मुलतः घटना अझै घट्नै बाकि छ? अब हुने झन ठुलो बिकराल घटनालाइ पनि घुसपैठ भनेर बुझ्न नेपालीले सक्दैनन् किनभने घुसपैठ गर्नेको तौरतरिका पाइलाइ पिच्छे घुमाउरो हुन्छ अनि रहस्यमय। अनि नेपालीहरुले यसलाई नयाँ क्रान्ति भन्छन।नेपालि राजनीतिक पटकपटकको नया क्रान्तिको भित्री तथ्य यहि हो।

अमेरिककाले एक पटकमा एउटा मात्र देश उचालेर आफ्ना बिरोधिसगं युद्ध गर्न सक्छ।किनभने युद्धमा आर्थिक भौतिक रणनीतिक शैनिक सबै प्रयोग गर्नुपर्ने हुन्छ ।यहि रणनीति चिन रुसले बुझेर अमेरिका लाइ एकैपटक युक्रेन, इरान र अब निकट भबिस्यमै ताइवानमा युद्ध भड्कएर अमेरिका लाइ कमजोर बनाउने चिन रुस र उत्तर कोरियाको निति बुझेका अमेरिकाले युरोप कत्तार इजरायल जापानमा जस्तै नेपालमा सैन्य बेस खडा अर्थात इन्डो प्यासिफिक इनिस्ट्राट्रेजि बैधानिक तबरले स्थापित गरि चिन घेर्न बुनेको रणनीतिमा जसरि पनि सिमाका हिसाब ले नेपाल अनिवार्य प्राथमिकतामा परेको थियो र नेपाल कब्जा गर्न यो पटक उसले चार अप्सन प्रयोग गरिएको थियो।अप्सन आन्दोलनको प्रकृति हेरेर निर्णयमा पुग्ने उसको दाउ थियो।पहिलो अप्सन बालेन शाहलाइ प्रधानमन्त्री बनाउने। त्यो नभए दोश्रोमा रबिलाइ जेलबाट निकालि प्रधानमन्त्री बनाउने,तेस्रो दुर्गा प्रसाइ प्रयोग गरि राजा भित्र्याउने चौथो घट्ना सामान्य रहेमा काङ्ग्रेस प्रयोग गरि संसद बाट प्रचण्ड लाइ प्रधानमन्त्री बनाउने वा त्यो पनि नमिले काङ्ग्रेस कै नेतृत्वमा सरकार बनाउने। यो चार अप्सनमा आश्वासन सबैलाई थियो तर चारै जना लाइ चारै अप्सन बाडिएको भन्ने कुरा चाहि चारै जनालाई थाहा थिएन।यि चारै जना आ-आफ्नै रहस्यमा अल्झिएका थिए ।बालेन प्रधानमन्त्री हुनेमा आफु ढुक्क थियो त्यासैले हिंसा भड्काउन जोड थियो।रबि आफैमा ढुक्क थियो र जसरी पनि कार्यकर्तालाइ जेल टोड्न उक्साउदै थियो।प्रचण्डले त अब सरकार ढल्छ नया सरकारका लागि तयारि हुन आफ्नो पार्टीमा जानकारी गरौउदै माकुने सङ्ग छलफल मै थियो उता दुर्गा प्रसाइ राजा आउनेमा ढुक्क भएर प्रधान सेनापति सङ्ग बार्ताकालागि तयारि थियो।तर हिंसा यसरि भत्कियोकि चार हनुमान लाइ प्रयोग गरिएको चार अप्सनले बालेन रास्ट्रघाति,रबि पार्टीनै समाप्त,प्रचण्ड आफै इन्तुन चिन्तु, दुर्गे अभियाननै समाप्त हुन पुग्यो।
हामीलाई थाहा छ आन्दोलनको सिमा हुदैन।सोहि मुताबिक हिंशा भड्किलो भए पछि अप्सन हरुमा धक्का लाग्न पुग्यो तत्काललाइ पब्लिक फिगरबाट बालेन बालेन आवाज आएपछि बालेनकै सिफारिसमा अन्तरिम सरकार बनाउने टुंगोमा पुगेको सि आइ ए अन्ततः भारतिय रअ ले खेल्न पुगेपछि सरकारले पुर्णता पाउन कठिन बनिदै गयो र बन्दैछ।नंया क्रान्ति सिंहदरबार जल्नु र विद्यार्थी मर्नु बाहेक कुनै उपलब्धि टुंगोमा पुग्न नसकि आफैभित्र अल्झिएको छ।

यो क्रान्तिको गर्भमा दुइटा कुरा जन्मियो एउटा कुनैपनि नेता भनाउदाले भ्रष्टाचार गर्न आट गर्दैनन् ।अर्को यो देशको सार्बभौमसत्ता अब हाम्रो हातमा कहिल्यै आउदैनन।

धेरैलाई अहिले के लाग्दैछ भने एउटा ठुलो क्रान्ति सफल भयो अब देश गतिमा हिड्छ तर बिचारनिय कुरा म दवाका साथ के भन्न सक्छु भने अमेरिकाले यति मात्रै चाहेकै हैन उ पुर्णतया देशलाई हाइज्याक गरेर कुनै पनि हालतमा इन्डो प्यासिफिक इनिस्ट्राट्रेजि लागु गर्ने पक्षमै छ त्यो अबरोध भारत बाट धेर थोर हुनसक्छ त्यसैले उसले भारतलाइ पनि कसैन कसै गरि भड्काउदैछ।जुन दिन भारत कमजोर हुन्छ त्यहि दिन कमजोर भारत माथि उ हाबि हुन्छ र नेपालमा शैन्य बेस खडा गर्छ गर्छ। चिन घेर्छ। हाम्रो काचो विवेक लाइ उसको परिपक्व मस्तिष्कले यसरि खेलाउदै छ कि भ्रस्टाचार जस्तो बिषयबस्तुलाइ प्राथमिकतामा राखेर,उचालेर जनता सजिलै उचालिने आकलनका साथ आफ्ना गहिरो रणनीति पेस गर्दै छ देश बेचुवाले यो कसरि बुझ्न सक्थेर अनि साम्राज्यवाद को मतियार बन्दै देश जिम्मा दिदैछ।युक्रेनमा एउटा नाटककार आएर देश सकायो नेपालमा एउटा र्‍यापार ले सकाउदै छ ।यो गिताङ्गेहरु राजनीति बुझ्दैनन ।सिक्किम सकिसक्दा पनि थाहा नपाउने लेन्डुप प्रवृत्ति बाट मुलुक रहदैन।आफ्नो सार्बभौमसत्ता सकाएर खुलेआम बारबरा फाउन्डेसनको सरकार बनिनु उ कति गहिरो तबरले प्रस्तुत हुदैछ भनेर अझै सम्म हेक्का राख्न नसकिने, सामाजिक संजालले निम्त्याएको घटना सामाजिक संजाल हेरेरै बुझ्न अनुमान गर्न नसकिने नेपालीको मस्तिष्क सि आइ ए र रअ जस्तो चतुर युद्ध काबिल हरुले भटमास भुटेझै भुटि रह्यो भुटिरहनेछ।गणेशमानले जनतालाइ भेडा भनेको म अलिले दिनप्रतिदिन झल्झलि सम्झिरहेछु अस्मिता सकेको देश बाट ।

लेखक नेकपा एमाले जिल्ला कमिटी सदस्य हुन् ।