दशैमा शाकाहारी भोजनका परिकारहरु

by | अशोज १३, २०८२

दशैमा शाकाहारी भोजनका परिकारहरु

दशैँको बेला परिवारजन, आफन्त र पाहुनाहरू एकैठाउँ भेला भएर मीठा परिकारसँगै रमाइलो गरिन्छ । ‘शाकाहारी भोज’ भनेको मासुजन्य खानेकुरा बिना तयार पारिने दशैंको पारम्परिक: आधुनिक मेनु हो ।
परम्परागत शाकाहारी परिकार
दाल, भात, तरकारी – मूँगी वा मसुर दाल, बासमती वा जेठो भात, मौसमी हरियो तरकारीहरू
गुन्द्रुकको झोल – अमिलो र स्वादिलो
सागको तरकारी – पालुङ, रायोको साग, मेथी साग,तोरिको साग
अचार – गोलभेडा, मस्यौरा, मुलाको अचार, कांक्राको खल्पि अचार,टिमुरे छोप आलु पकौडा,टिम्वुरे आलु, मिसमास अचार ।
गुलियो परिकार:  खिर, डकनि, गाजरको हलुवा, पाकेको फर्सिको हलुवा, खुवा ।
यसरी तयार पारिएको शाकाहारी भोजले दशैँको धार्मिक भावना पनि जोगाउँछ र स्वास्थ्यप्रद, सबैलाई मनपर्ने वैकल्पिक पर्व–भोजनको अनुभव दिन्छ । दशैँ वा कुनै पनि विशेष अवसरमा पनीरका परिकारहरू स्वादिलो र पौष्टिक विकल्प हुन्छन् ।

लोकप्रिय पनिरका परिकारहरू ।
१. पनीर बटर मसाला
गोलभेडा, प्याज र धुलो मसलाबाट बनेको गाढा ग्रेभीमा मक्खन ÷ वटर राखेर ग्रेभि तयार गर्ने र पनीर क्युब काटेर सेक्ने वा फ्राई गरेर ग्रेभिमा मिसाई धनिया पातले सजाउने र रोटी, भातसँग अत्यन्त पश्कने ।
२. पालक पनीर
पालुङगो लाई सफा गरि पखालेर उसिन्ने र सेलाई सकेपछि मिक्चरमा राखेर यूरी वनाई मसला मिसाएर हल्का क्रीमी ग्रेभी तयार गरि पनीर क्युब काटेर सेक्ने वा फ्राई गरेर मिसाई पालक पनिर वनाउन सकिन्छ ।
३ चिली पनीर ड्राइ
पनीरका टुक्रा पारेर फ्राई गरेर राख्ने त्यसपछि भेडेखुरासानि , प्याज, गोलभेडा ठुलो चारपाटे टुक्रामा काट्ने र फ्राई प्यानमा तेल तताए र लसुन टुक्रा वनाएर हल्का सुनैलो रंगमा भुट्ने र सवै समाग्रिहरू राखेर केही समय भुटेपछि पनिर ,टोमाटो केचप ( सस) नुन,मरिचको धुलो ,खुर्सानी काटेको टुक्रा राखेर केही समय राखेर पश्कने ५. पनीर टिक्क ।
दही,अदुवा–लसुन, धुलो मसला मिसाएर ,नुन राखेर पनिरको टुक्रामा राखेर म्यारिनेट ( मोल्ने) पनीरलाई फ्राई प्यानमा सेक्ने वा ओभनमा ग्रिलगर्ने वा तन्दुरमा झिरमा उनेर सेक्ने र निकालेर अचार संँग पस्कने । दशै भरि विभिन्न परिकारको वारेमा जानकारी यसरिनै लिनेछौं ।

(लेखक बिगत २३ वर्ष देखि होटल रेष्टुराँ देखि विभिन्न कलेज सिटिईभिटिमा होटल व्यवस्थापन प्रशिक्षक लगायत नेपालका विभिन्न स्थानमा होमस्टे व्यवस्थापन प्रशिक्षण गराउंदै आउनु भएको छ । काभ्रेका ९ भन्दा वढि होटल व्यवस्थापन विषयको प्रयोगात्मक क्कक्षा संचालन गराउनुका साथै सुपरनोभा तालिम केन्द्र वनेपामा संचालन गरिरहनु भएको छ । ग्लोवल नेपालीज सेफ फेडेरेसनका महासचिव एव सेफ एशोसिएसन अफ नेपालका आजिवन सदस्य हुन ।)