जेनजी आन्दोलनका घाइते थप एकको मृत्यु, मृतक संख्या ७६ पुग्यो
काठमाडौं / जेनजी आन्दोलनमा घाइते भएका थप एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का ३६ वर्षीय लक्ष्मण राईको आज बिहान पौने २ बजे ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

गत असोज २४ गतेको प्रदर्शनमा भाग लिँदै गर्दा बालाजु क्षेत्रमा राईको टाउकोमा गोली लागेको थियो । त्यसपछि उनलाई तत्काल ट्रमा सेन्टर ल्याएर आइसियूमा उपचार भइरहेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले राईको मृत्यु भएको पुष्टि गरेका छन् ।
यससँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ। तीमध्ये १० जना कैदीबन्दी रहेको पनि प्रहरीले जनाएको छ ।





