जय मां सिध्दिदात्री

by | अशोज १६, २०८२

जय मां सिध्दिदात्री

दुर्गाको नवौं शक्तिको रुप हे सिद्धिदायिनी,
शिवकी प्रिया सिद्धि कि स्रोत हे सिंह बाहिनी,
चार्भुजा वाली कमल पुष्प आसन तिनको,
यिनकै कृपा भएर सिद्धि शिवले पाउनुभो,

नमन गर्छु हे सिध्दिदात्री यी हात जोडेर,
मोक्षको बाटो खुलाइदेउ अज्ञानी ठानेर,
अणिमा आदि ती अष्टसिद्धि प्राप्तिका खातिर,
पूजन गरौं प्रार्थना गरौँ फर्केर तीतिर,

भएमा कृपा देवीको यहाँ भाग्य नै खुल्दछ,
मारुति जस्तै चमत्कारी काम जनले गर्दछ।
शास्त्रीय विधि विधानबाट गरेमा पूजन,
सिद्धिको ढोका खुल्नेछ भक्त सबैले बुझौंन,

रहन्न बाँकी कामना कुनै कृपा त बर्षेमा,
माँ सिद्धिदात्री प्रशन्न राख्न भक्ति त अर्पेमा,
अमृत पद हुनेछ प्राप्त प्रशन्न गराऔ,
देविका दिव्य चरण सम्झी ध्यानमा रमाऔं,

बोलेको पुग्ने त्यो वाकसिद्धि पाइन्छ ध्यानले,
अमर हुने उपाय सोचौं सिध्दिको ज्ञानले,
कठिन तप पर्दैन गर्न जपनै काफी छ,
श्रद्धाले पूजा अर्चना गरे सानिध्य पाइन्छ।

ईशत्व सिद्धि वशित्व पनि पाइन्छ खोजेमा,
देवीको स्तुति श्रद्धाले गरी भक्ति त रोजेमा,
नवमी तिथि यो नवरात्र माताको पूजन,
यो दिव्य मन्त्र सबैले सधैं जप्नलाई रोजौंन,
साधक हामी भरेर श्रध्दा यो मन्त्र रोजौंन,

या देवी सर्वभूतेषु मां सिद्धिदात्री रूपेण संस्थिता,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम।
जय जय दुर्गे भवानी !