टिकाको तेस्रो दिन:टीका-आशीर्वाद थाप्ने क्रम अझै जारी
काठमाडौँ /आज आश्विन शुक्ल द्वादशीको दिन पनि नवदुर्गाको प्रसादस्वरूप टीका लगाउने र मान्यजनहरूबाट आशीर्वाद थाप्ने परम्परा जारी छ। नौ दिनसम्म देवी दुर्गाको पूजा–आराधना गरी विसर्जन गरेपछि विजयादशमीबाट सुरु भएको यो परम्परा कोजाग्रत पूर्णिमासम्म निरन्तर रहने चलन छ ।
देशका अधिकांश भागमा टीका थाप्ने क्रम दशैंको मुख्य दिनदेखि सुरु भए पनि पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीकै दिन मात्र टीका लगाउने र आशीर्वाद थाप्ने चलन रहेको पाइन्छ ।

यसरी देवी आराधना सम्पन्न गरी प्राप्त प्रसादलाई मान्यजनहरूबाट आशीर्वादको रूपमा ग्रहण गर्ने परम्पराले पारिवारिक तथा सामाजिक सम्बन्ध सुदृढ बनाउन मद्दत गर्ने विश्वास गरिन्छ ।





