काभ्रे प्रहरीले भन्यो– असोज २० सम्म अरनिको र विपी राजमार्गमा सवारी साधन बन्द

धुलिखेल÷काभ्रे हुँदै जाने दुई प्रमुख राजमार्ग विपी र अरनिको असोज २० गतेसम्म बन्द गरिएको छ । वर्षातका कारण हुन सक्ने जोखिम न्यूनिकरण गर्न दुबै राजमार्गमा चल्ने नीजि तथा सार्वजनिक सबै यातायातका साधनहरु बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
प्रहरीले सूचना सार्वजनिक गर्दै असोज १८ गते विहान ९ बजे देखि २०८२ असोज २० गतेसम्म विपी राजमार्ग र अरनिको राजमार्ग आवतजावत गर्ने सम्पूर्ण सार्वजनिक तथा निजि सवारी साधन बन्द गरिएको बताएको छ ।
यस अघि जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेले लामो दुरीका सवारी साधनलाई काठमाडौ उपत्यका प्रवेश र निस्कन रोक लगाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको निर्णयलाई कडाईका साथ पालना गराउने निर्णय गरेको थियो ।