चट्याङले जल्यो पनौती-३ तेलमालेका राजु सापकोटाको घर
बनेपा/ शनिबार बर्षा संगैको चट्याङले पनौती-३ तेलमालेका राजु सापकोटाको घर जलेर पुर्ण रुपमा क्षति भएको छ । घरमा भएको सुन चाँदी लत्ताकपडा अन्नपात लगाएत सबै नष्ट भएको छ । सापकोटाका श्रीमती, एक छोरा र एक छोरी छन्।
सामान्य किसान मजदूरी गर्दै आएका सापकोटा लाई २०७२ सालको भूकम्पमा पनि सोही स्थानमा भएको घर पूर्ण रुपमा ध्वस्त भएको थियो । उनले ज्याला मजदूरी गरेर घर पुर्ननिर्माण गरेका थिए ।
पोहोर सालको बाढी पहिरोमा पनि घर पछाडि र अगाडि दुवै तर्फ बाट पहिरो गइ ६ महिना डेरामा बसी पहिरो हटाएर जेनतेन सोही घरमा निर्वाह गर्दै आएका थिए । पटक पटकको महामारी झेल्दै आएका राजुको घर हिजोबाट चट्याङले पूर्ण रुपमा ध्वस्त पारेको छ।






