घोषित मितिमै निर्वाचन हुनुपर्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनको पक्षमा माहौल बनाउनको लागि आफूहरूले सबै राजनीतिक दलहरूसँग कुराकानी गरिरहेको बताए।

उनले अन्य राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको जानकारी दिँदै केही समयपछि त्यसको परिणाम देखिने बताए।