अख्तियार प्रमुख राईको राजीनामा माग्दै जेनजी अलायन्सले बुझायो पत्र
काठमाडौं/ जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै आयोगमा औपचारिक पत्र बुझाएको छ ।
समूहले अघिल्लो दिन इमेलमार्फत राजीनामाको आग्रह गरे पनि आज टंगालस्थित अख्तियार मुख्यालय पुगेर लिखित पत्र दर्ता गराएको हो ।
अलायन्सले आयोगका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया लोकतान्त्रिक नभएको र उनीहरूले आयोगको विश्वसनीयता गुमाएको आरोप लगाएको छ ।
प्रमुख आयुक्त राईमाथि ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ भएको भन्दै उनले ठूला भ्रष्टाचार प्रकरणहरूमा नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने समूहको माग छ।
हाल ३९ जिल्लाका १२ वटा जेनजी समूहहरू आबद्ध उक्त अलायन्सले राजीनामा नआए थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।






