प्रधानमन्त्री कार्की र आयोग पदाधिकारीबीच निर्वाचन तयारीबारे आज छलफल हुने
आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल हुने भएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगको टोलीले दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेट गर्ने तय भएको हो।
प्रतिनिधिसभा विघटनपछि गठन भएको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन गर्ने घोषणा गरेको थियो। सोही मितिमा चुनाव गराउन सरकार सक्रिय रहँदा आयोगले पनि आवश्यक कार्ययोजना अघि बढाइसकेको छ।






