बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि ५० हजार राहत दिने सरकारको निर्णय

काठमाडौं/सरकारले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण प्रभावित परिवारलाई तत्काल आवास निर्माणका लागि ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् बैठकले यो निर्णय गरेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, बाढीपहिरो पीडितको राहत, संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी आवासको व्यवस्था, मृत्यु र घाइतेको राहत, तथा बेपत्ताको खोज उद्धारमा सरकारले प्राथमिकता दिनेछ ।

साथै, संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी सडक, खानेपानी, विद्युत्, सञ्चारजस्ता सेवा पुनः सञ्चालन गरिनेछ। महामारी रोकथामका लागि स्वास्थ्य मन्त्रालयहरू संयुक्त रूपमा सक्रिय हुने पनि निर्णय गरिएको छ ।