महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतले माग्यो थप प्रमाण

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा पेश भएको रिट निवेदनमा थप प्रमाण पेश गर्न आदेश जारी भएको छ ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको हो ।

अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले यो रिट निवेदनमा बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न आदेश जारी भएको जानकारी दिए ।

शोभा पाठकले उनीविरुद्ध रिट दर्ता गरेकी थिइन् । उनले बस्नेलाई पक्राउ गर्नुपर्ने माग निवेदनमार्फत गरेकी थिइन् ।