पाँचखालमा भएको सवारी दुर्घटनामा ३ गम्भिर घाईते, चार जना सामान्य
असोज २२ गते दिउसो १२ बजे अरनिको राजमार्ग स्थित पाँचखाल नगरपालिका वडा नम्वर ६ दुलालथोकमा दुर्घटना भएको छ ।
काठमाडौबाट सिन्धुपाल्चोकको बाह्रबिसेतर्फ जादै गरेको बा.२ ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको बा.५ ख ६८३ नंम्बरको मिनि आईचरलाई ठक्कर दिँदा मिनि आइचर अनियन्त्रित भई करिब १५० मिटर अगाडी आई सडकको दाहिने साइड तर्फ करिव १०० मिटर तल खस्दा मिनि आइचरमा सवार ६ जना मध्ये ३ जना गम्भिर घाइते भएका छन् । अन्य ३ जना सामान्य घाइते छन् ।
प्रहरी चौकी पाचखालबाट खटिएको प्रहरी निरिक्षक प्रशान्त तामाङको कमाण्डमा ट्राफिक प्रहरी सहित ७ जनाको टोली तत्काल घटनास्थलमा खटिई निजहरुलाई उद्धार गरी धुलिखेल अस्पतालमा पठाइएको थियो । बसमा सवार २ जना सामान्य घाइते रहेको साथै बस र बस चालक पाँचखाल चौकीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक तामाङले जानकारी दिए ।
घाईते हुनेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका ढाडखोला बस्ने वर्ष ३० का रेशम थापा, जिल्ला वेथानचोक गा.पा. वडा नं. ०४ बस्ने बर्ष ४३ का लाईतलाल तामाङ र झापा बस्ने बर्ष ५८ का लालबहादुर राई गम्भिर घाईते छन् । चौतारा साँगाचोकगढी न.पा. ०१ बस्ने बर्ष ५८ का शेर बहादुर तामाङ, सोहि ठेगानका बर्ष २७ का फुर्वा तामाङ, भक्तपुर सुर्यविनायक बस्ने बर्ष ५८ का रामचन्द्र अधिकारी सामान्य घाईते भएका छन् । त्यस्तै बसमा सवार सिन्धुपाञ्चोक बाह्रबिसे न.पा. वडा नं. ०२ बस्ने बर्ष ७० का युक्त बहादुर खत्री र सिन्धुपाल्चोक बलेफि गा.पा. वडा नं. ०६ बस्ने बर्ष ६६ का गोपिलाल पराजुली सामान्य घाईते भएको प्रहरीले जानकारी दिएको छ ।






