अझै सार्वजनिक भएनन् कांग्रेस सभापति देउवा, बसोबास गरेको ठाउँ पनि गोप्य
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले देउवाको घर आगजनी गरेका थिए भने देउवा दम्पतीमाथि आक्रमण भएको थियो।
सोही दिनदेखि देउवा उपचारमा थिए। त्यसैले उनी सार्वजनिक रूपमा देखिएका छैनन्। सभापति देउवा सार्वजनिक रूपमा नदेखिएको २९ दिन भइसकेको छ।
सुरक्षाका कारण सभापति देउवा बसोबास गरेको ठाउँ पनि सार्वजनिक गरिएको छैन।
सभापति देउवानिकट स्रोतले ‘ भन्यो–‘सभापतिज्यूको स्वास्थ्य राम्रो भइसकेको छ, उहाँले नै केन्द्रीय समिति बैठक बोलाउनुभएकोले उपस्थित हुनुहुन्छ,’ ।
प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार सभापति देउवाले उपसभापति, महामन्त्रीलगायत पदाधिकारीसँग भेटेका छन् भने अरूसँग टेलिफोनमा संवाद भइरहेको छ।
आगामी केन्द्रिय समिति बैठकमा सभापति देउवा सहभागी हुन्छन् की हुँदैनन् चासोका साथ हेरिएको छ । २६ असोजदेखि केन्द्रीय समिति बैठक बस्दै छ ।
सभापति देउवानिकट स्रोतले ‘सभापति देउवाले नै केन्द्रीय समिति बैठक बोलाएकोले बैठकमा भाग लिने कुरा’ बताएको छ।






