राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी हुँदै
काठमाडौँ/ राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी भएको छ । सभा सञ्चालनका लागि सिंहदरवार भित्रै रहेको राष्ट्रिय सभाको पुरानो सभाकक्षलाई व्यवस्थापन गरिँदै छ ।
संसद् सचिवालयका अनुसार सभा बस्नका लागि हलको टुंगो लागेपछि व्यवस्थापनको काम सुरु गरिएको हो ।

सहरी विकास मन्त्रालयको टोलीले निरीक्षण गरेपछि उक्त हलमा व्यवस्थापन गर्ने गरी काम सुरु भएको हो । हाल हल रहेको स्थानमै अगाडि ड्यास बनाइनेछ, दर्शकदिर्घा बनाइनेछ । सभाको लागि आवश्यक अन्य व्यवस्थापन गरिनेछ ।





