सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिमण्डलका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न एक पक्षले दबाब बढाइरहेको तथा त्यसको प्रतिवाद गर्दै राजनीतिक दलका भातृ संगठन सडकमा उत्रिने चेतावनी दिइरहेको सन्र्दमा मन्त्रिपरिषद् बैठक बसेको हो।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए।






