प्रधानमन्त्री र गृहमन्त्रीबाट बल प्रयोग गर्न आदेश भएको थिएनः लेखक

तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते आफ्नो तहबाट प्रहरीलाई बल प्रयोग गर्न आदेश नदिएको स्पष्ट पारेका छन्।

शुक्रबार सञ्चारकर्मीहरूसँग बोल्दै लेखकले प्रहरीलाई बल प्रयोग गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीको रुपमा आफ्नोतर्फबाट बल प्रयोग गर्न आदेश नदिएको स्पष्ट पारे।

भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर १९ जना युवाको ज्यान गएपछि आफूले तत्काल गृहमन्त्रीको पदबाट राजीनामा दिएको बताए।

निवर्तमान गृहमन्त्री लेखकले भदौ २३ गते साँझ नै गृहमन्त्रीको पदबाट राजीनामा दिएका थिए। त्यसयता शुक्रबार उनी पहिलो पटक मिडियामार्फत आफ्नो धारणा राखेका हुन्।

यसअघि तत्कालीन प्रधानमन्त्री ओलीले पनि गोली हान्न आदेश नदिएको जिकीर गरेका थिए।

लेखकले कानुनी शासनको मान्यताभित्र बसेर काम अघि बढाउन सरकार र जाँचबुझ आयोगलाई आग्रह पनि गरेका छन्। उनले आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट माथि हटेर काम अघि बढाउनुपर्ने बताए।