देश कसको भयो ?
विकृतिहरु प्रशस्त थिए,
भ्रष्टाचार थियो,
अनियमितता थियो
नातावाद, कृपावाद, डनवाद, नेतावाद
अनेक वाद थिए,
कैले फुटेका थिए,
कैले लपक्क टासिएका थिए
एउटा राम्रो काम गर्न खोज्थे
अनेक अवरोध आउँथ्यो
विगत कसैको सफा भए पो
यता छोए उता चुढिने
उता चलाए यता ढल्ने
ढलपल ढलपल थियो
अलमलअलमल थियो,
ह्वात्तै आयो जेन्जि
सबैका असन्तुष्टि र कुण्ठा पोखिए
बर्बर हत्याको लागि गोलि ठोकियो
पानी धमिलियो
मौका पो भयो यो त
हानिए, फोडिए, जलाइए
जेलको ढोका रहेन
अपराधी, गुण्डा, लुटेराको कब्जामा गयो देश
कति कमजोर रहेछ देशको चाबी
लगे लुछेर, डाँकाहरुले
सुशासनको मुद्धा
अमन र शान्तिको मुद्धा बोकेका
बिचरा जेन्जीहरुकै हातबाट पनि फुत्कियो अवस्था
पुनः सम्हालिनु त थियो नै
केहि आश फेरि पलायो
केहि होला कि झैं भयो
तर
तर आजकल खेल अर्कै देखिंदैछ
न कानुन छ,
न नीति छ,
मैले भनेजस्तो हुनुपर्छ भन्ने दबाब छ
हल्ला छ,
फेरि क्रान्तिको सल्लाह छ
देश खै कसको भयो ??
कानुनको जस्तो लाग्नै छाड्यो
आफ्नै जस्तो नि लाग्न छाड्यो ।
केहि त थियो
खासै खर्चै नगरी नि
हर्क, गोपिजस्ता आशाहरु चुनिएका थिए
देशकै मुटुमा बालेन पलाएका थिए,
तोसिमा, सोबिता चिनिए,
घगडान ठानिएका माछा पछारिएका थिए
शक्तिको दुरुपयोग गरी
जनमतलाई नै रोक्न त कसैले आँट गरेनन्
फेरि ८४ मा बाँकी सबैलाई पछारेर
शान्तपूर्वक नै
नयाँ देश बनाउन पो सकिन्थ्यो कि?
कि आफैंमा भर छैन नेपालीमा
सहि नेतृत्व छान्न सक्छु भन्ने ?
केहि कुकर्मीहरु मौलाएपनि
परिवर्तनको संकेत पनि सँगै उठेकै थियो
किन यी सबमा आगो लगाइयो होला?
कसको स्वार्थ होला?
अब देश नै कस्तो भयो खै ?
कसको भयो खै ?
अब त झन् डर पो बाँकी रह्यो
बेनीति पो मौलायो
जो मेटिनुपथ्र्यो, त्यो मेटिएन
जो सुध्रन पथ्र्यो, ऊ झन् बिग्रियो
यहाँ त भौतिक संरचना मात्र हैन
कानुनी राज नै पो खरानी भयो
के व्यक्तिका चाहना पूरा गर्दै राज्य अघि बढ्ला सधैं?
खै यो त कस्तो कस्तो भयो,
मेरो देश कसको भयो ?





