८ अर्ब अपचलनका अभियुक्त काँग्रेस नेता सिवी तामाङ डिल्लीबजार जेलबाट भागेर अझै फरार, काभ्रेका फरारहरु यी हुन्
धुलिखेल/नेपाली काँग्रेस काभ्रेका नेता तथा जिल्ला समितिका पुर्व कोषाध्यक्ष समेत रहेका सिवी तामाङ भनिने चन्द्रबहादुर तामाङ बैकिङ कसुर अभियोगमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा थिए । भाद्र २३ र २४ गते भएको आन्दोलन पछि उनी पनि अन्य कैदी जस्तै जेलबाट भागेका थिए ।
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड मार्फत करोडौ रुपैया ठगी गरी नागरिकहरुको बचत रकम फिर्ता नगरेका तामाङलाई प्रहरीले लामो समय पछि पक्राउ गरेको थियो । तेमाल ५ घर भएका तामाङलाई प्रहरीले खोजविन गरी पक्राउ गरेको भए पनि जेलबाट भागे पछि अहिलेसम्म फरार छन् । पटक पटक कारागार प्रशासनले उनि लगायत अन्य कैदीहरुलाई कारागार फर्कन आब्हान गरेको भए पनि उनी लगायत जिल्लाका करिव १ सय भन्दा धेरै कैदी फरार छन् ।
कान्तिपुर लगायतका सहकारीबाट ८ अर्ब रुपैया बचत हिनामिना गरेको अभियोग उनलाई छ । कान्तिपुर सहकारीको मात्रै २ अर्ब रुपैया अपचलन गरेको अनुसन्धानले देखाएको छ । पालिकागत रुपमा सबै भन्दा धेरै भुम्लु गाउँपालिकाका छन् । पाालिकागत रुपमा खानीखोला ६, बनेपा ४, रोशी १०, पनौती ५, मण्डनदेउपुर ८, चौरीदेउराली १२, महाभारत गाउँपालिका ७, भुम्लु १४, पाँचखाल ९, धुलिखेल ६, बेथान्चोक २, नमोबुद्ध ६, तेमाल गाउँपालिका २ जना छन् । तेमालका उनि एक हुन् ।
त्यस्तै मलद्वारमा सुन लुकाएर चोरी गरी ल्याएको अभियोगमा पुर्पक्षका लागि कारगार रहेका खानिखोला गाउँपालिकाका बाबुलाल दोङ पनि फरार छन् । उनीहरु सबै आफन्तकोमा लुकेर बसेको प्रहरीको सूचना छ । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले वेबसाइटमार्फत कैदीबन्दीको नामावलीसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो । सार्वजनिक सूची अनुसार पाँच हजार आठ सय ६८ जना नेपाली, पाँच सय ४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका छन् । अहिलेसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ । कारागार प्रशासनले भागेका कैदीहरु हालसम्म जेलमा नफर्केपछि नामावली सार्वजनिक गरेको छ । जसमा काभ्रे जिल्लाका ब्यक्तिहरुको सूची सार्वजनिक भएको छ ।
काभ्रेका फरार कैदीहरु । जो कारागारबाट भागेर पटक पटक जारी गरेका निर्देशन र सूचनालाई अटेर गरेर बसिरहेका छन् । चिनौ कुन कुन पालिकाका को को ? २०८२ असोज २६ गतेसम्मको सूची





