जेनजी युवाबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
काठमाडौं/ जेनजी प्रतिनिधिसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित बनेको छ । सोमबार राष्ट्रपति पौडेल र जेनजीहरूबीच हुने भनिएको वार्ता अनिश्चित भएको हो । शनिबार वार्ता कार्यक्रम राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या आएपछि वार्ता आजका लागि सारिएको थियो । तर, जेनजी युवाहरूबीच नेतृत्वको विषयमा विवाद हुँदा वार्ता एवं छलफल अनिश्चित बनेको छ ।
शनिबार सरकारले छानेका जेनजी प्रतिनिधिप्रति असन्तुष्टि जनाउँदै केही युवाले नाराबाजी गरेका थिए । तर, सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरूबीच विवाद टुङ्गिन सकेको छैन ।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार जेनजीबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ ।






