सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महराले दिए इन्कारी बयान
काठमाडौं / पूर्वसभामुख कृष्णबहादुर महराले विमानस्थल भन्सारबाट विद्युतीय चुरोट ९भेप०मा लुकाइएको सुन छुटाउन दबाब दिएको आरोप अस्वीकार गरेका छन्।
जिल्ला अदालत काठमाडौंमा दर्ता अभियोजनमा उनले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्। महराका अनुसार चिनियाँ नागरिक दाओजिन वाङसँग उनी सञ्चारमन्त्री हुँदा फलफूल व्यापारीको रूपमा चिनजान भएको हो। उनले दाओजिनको व्यवसायमा कुनै साझेदारी वा लगानी नभएको दाबी गरेका छन्।
साथै, प्रमुख भन्सार प्रशासकलाई “मेरो छोरा आउँछ, हेरिदिनु” भनेको आरोप पनि उनले अस्वीकार गरेका छन्। महराविरुद्ध ८ करोड ५५ लाख रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ।






