नेपाली कांग्रेसमा कार्यवाहक सभापति नियुक्त, केन्द्रीय कार्यसमिति बैठक स्थगित
काठमाडौं/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका छन्। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले विधान अनुसार खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको जानकारी गराइन्।
यसैबीच, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्मका लागि स्थगित गरिएको छ। सभापति देउवाले आज बैठकमा सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो १ बजे सम्मका लागि स्थगित गर्ने निर्णय गरिएको हो।






