नाईटिङ्गेल एकेडेमी बनेपामा खेलकुद सप्ताह शुरु
बनेपा/नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालय बनेपामा खेलकुद सप्ताह–२०८२ शुरु भएको छ । खेलकुद सप्ताहको उद्घाटन श्रीमेहर गण धुलिखेलका मेजर ईश्वर बस्नेतले गरेका थिए । प्रमुख अतिथी बस्नेतले खेल जिवनमा अपरिहार्य रहेकाले सबैले खेल खेल्नु पर्ने बताए ।
सुरक्षित, अनुशासित र मेहनती भई खेल खेल्न विद्यार्थीहरुलाई बस्नेतले सुझाब दिए । खेलकुदको महत्व राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत रहेकाले विद्यार्थीहरुलाई पढाई सगै खेल खेल्न अनुरोध गरेका थिए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष रत्नकुश रञ्जीतकारले विद्यालयमा पढाई सगै अतिरिक्त क्रियाकलापमा ध्यान दिइएको बताए । विद्यालयले प्रत्येक वर्ष विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागी कुनै कसुर बाँकी नराख्ने बताए । विद्यालयमा ओपन फुटसल, बास्केटबल, ब्याडमिन्टन कोर्ट लगाएतका खेलकुदका भौतिक पुर्वाधारहरु विद्यालयमै रहेको रञ्जीतकारले बताए ।
विद्यार्थिहरुलाई गुणस्तरीय शिक्षका लागी अतिरिक्त कक्षाको समते ब्यबस्था गरिएको रञ्जितकारले बताए । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले स्वागत मन्तब्य राखेकी थिईन् । विद्यालयका ईसिए ईन्चार्ज विक्रम प्रजापतिले खेलकुद सप्ताहमा कक्षा १ देखी १० सम्मका विद्यार्थीहरुले भाग लिने बताए । खेलकुद सप्ताहमा भलिबल, फुटबल, स्वमिङ, कराते, दौड, लगाएतका दर्जन भन्दा बढी खेलहरु खेलाईने बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, नेपाल पत्रकार महासघंका अध्यक्ष विनोद न्यौपाने, स्थानीय समाजसेबी लगाएतको उपस्थिती रहेको थियो ।






