फागुन २१ को चुनावका लागि नयाँ दल दर्तामा चासो बढ्यो
काठमाडौं / आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा भाग लिन नयाँ राजनीतिक दल दर्ता गर्न इच्छुकको संख्या बढ्दै गएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नयाँ दल दर्ताको प्रक्रिया बुझ्न आउनेको भीड बढेको भए पनि हालसम्म तीन दलले मात्र निवेदन दर्ता गरेका छन्। कागजात पूरा भए प्रमाणपत्र ४५ दिनभित्र प्रदान गर्ने व्यवस्था रहेको उनले बताए।
कानूनअनुसार कात्तिक मसान्तसम्म दल दर्ता पूरा गरे मात्र चुनावमा भाग लिन पाइनेछ। आयोगले हालसम्म १२२ दल दर्ता भइसकेको जानकारी दिएको छ।
यसैबीच आयोगले राजनीतिक दलहरूसँग छलफल सुरु गर्ने तयारी गरेको छ। पहिलो चरणमा बिहीबार २९ वटा दललाई छलफलका लागि बोलाइएको छ।






