भूमि समस्या समाधान आयोग पुर्नस्थापना गर्न ज्ञापन

धुलिखेल/अखिल नेपाल किसान महासंघ काभ्रे र भूमि अधिकार तथा श्रमिक संगठन काभ्रेले जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । संगठनका जिल्ला रब केन्द्रिय नेताहरुको उपस्थितमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई ज्ञापन पत्र बुझाईएको हो । 

अखिल नेपाल किसान महासंघका अध्यक्ष धिरजकुमार काफ्ले र भूमि अधिकार तथा श्रमिक संगठनका अध्यक्ष सुन्दर खड्काले हस्ताक्षर गरेको ज्ञापन पत्रमा पुर्ववर्ती सरकारको मन्त्रिपरिषल् गरेको निर्णय भूमि समस्या समाधान आयोग खारेजी गरी जनताको हक अधिकार कुण्ठित गरिएको आरोप लगाईएको छ । सुकुम्बासी, अब्यवस्थित बसोबासी र भूमिहिन दलित, भूमिहिन श्रमिकका समस्या समाधान गर्न भएका प्रयास समिति खारेजीसँगै अन्त्य भएकाले त्यस्तो आयोगको विघटन नभई निरन्तरता अर्थात पुर्नस्थापना गर्न ज्ञापन पत्रमा माग गरिएको छ । किसानहरुको समस्यालाई कमजोरी ठानिए आन्दोलन हुने र त्यसबाट हुने सम्भावित जोखिमको सरकारले जिम्मेवारी लिन संघहरुले अनुरोध गरेका छन् । वर्तमान सरकारको कार्यदेश निर्वाचन मात्रै भएकाले त्यस बाहेकका अन्य निर्णय नगर्न पनि महासंघले अनुरोध गरेको छ ।